logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • डोटी प्रेम आलेलाई दिन कांग्रेस तयार

    डोटी प्रेम आलेलाई दिन कांग्रेस तयार

    7.5K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएका छन् । २०७४ सालको निर्वाचनमा डोटीबाट प्रेम आले बामगठबन्धनबाट चुनाव जितेका थिए । आले हाल एकीकृत समाजवादीमा छन् । अघिल्लो स्थानका आधारमा आलेले डोटीमा दाबी गर्दै आएका थिए ।

    स्थानीय तहको मतमा कांग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए । यसअघि आलेलाई छोड्न नसकिने दाबी गर्दै आएका बलायर लचिलो बनेका छन् । गृह जिल्ला डोटी छोडेर बलायर कैलाली ४ मा गठबन्धनबाट उम्मेदवार बन्ने भएका छन् । कैलाली ४ मा उम्मेदवार बन्न लागेको बलायरले बताए ।

    ‘प्रधानमन्त्रीले कैलाली ४ की ५ भनेर सोध्नुभएको थियो । कैलाली ४ मा रोजें’, बलायरले भने । आफ्नो घर पनि सोही क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सुनाए । प्रधानमन्त्री पत्नि आरजु राणाको नाम कैलाली ५ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि उनी समानुपातिक उम्मेदवार बनेकी छन् ।

    क्षेत्रीय समितिले केन्द्रीय सदस्य नैनसिंह महर सहित डा. लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । गत निर्वाचनमा कैलाली ४ मा बामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । बलायर कांग्रेसका सुदूरपश्चिम सभापति समेत हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend