logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • आर्थीक रुपान्तरणमा गैरसरकारी संस्थाहरुको साथ अपरिहार्य : मन्त्री रेग्मी

    आर्थीक रुपान्तरणमा गैरसरकारी संस्थाहरुको साथ अपरिहार्य : मन्त्री रेग्मी

    2.2K
    Shares

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुसँग आह्वान गरेकी छन् । बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताईन् ।

    उनले सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि जिकिर गरिन् । मन्त्री रेग्मीले परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताईन् ।

    गैर सरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको उनको भनाई छ । उनले सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामिण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनु आजको आवश्यक्ता रहेको उनले स्पष्ट पारिन् ।

    मन्त्री रेग्मीले परिषदबाट राष्ट्रिय आवश्यक्ता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरुप परियोजना सञ्चालन गर्नेगरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको सुरुवात गरिएको पनि बताईन् । परिषदकी अध्यक्ष समेत रहेकी मन्त्री रेग्मीले सामाजिक संघ,संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिवद्धसमेत रहेको बताईन् ।

    मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई आफू नेतृत्वको टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट कामहरु सञ्चालन गरीरहेको उनको भनाई छ । उनले समिति गठन गरेर अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि सुरु गरेको बताईन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend