logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • राष्ट्रपतिको राजीनामा माग गर्दै जसपाले मधेशमा आन्दोलन गर्ने

    राष्ट्रपतिको राजीनामा माग गर्दै जसपाले मधेशमा आन्दोलन गर्ने

    4K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै मधेश प्रदेशमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ। संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले गत मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्तागठबन्धन राष्ट्रपतिसँग असन्तुष्ट बनेको छ ।

    राष्ट्रपतिले संविधानको प्रावधान अनुसार नागरिकता विधेयक पारित गर्नुपर्नेमा अस्वीकार गरेको विरोधमा जसपाको मधेश प्रदेश समितिले राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसपाले मधेशमा शनिबारदेखि शान्तिपूर्ण आन्दोलन गरिने बताएको छ। जसपाले बुधबार र बिहीबार पनि मधेशका ८ वटै जिल्लामा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको थियो।

    असोज ८ गते प्रदेशका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका सन्दर्भमा नागरिक समाज लगायतसँग अन्तर्क्रिया गरिने जसपाले जनाएको छ। जसपा मधेश समितिका सचिव दिनेश यादवका अनुसार असोज ११ मा भ्रातृ संगठनले राष्ट्रपति विरूद्ध प्रदर्शन गर्ने कार्यक्रम छ। राष्ट्रपतिको पुत्ला दहन गर्ने पनि उनले बताए।

    असोज १३ गते पालिका तहमा अन्तर्क्रिया गरिने उनले बताएका छन्। यस्तै असोज १५, १६ र १७ मा पालिका र वडा तहमा राष्ट्रपतिको कदमविरूद्ध अन्तर्क्रिया गरिने उनले बताए।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend