logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आफ्नो पक्षका नेतालाई धेरै टिकट दिलाउन शेखर पक्षको भेला बस्दै

    आफ्नो पक्षका नेतालाई धेरै टिकट दिलाउन शेखर पक्षको भेला बस्दै

    2.2K
    Shares

    काठमाडौं । चुनावमा आफ्नो पक्षका नेतालाई धेरै टिकट दिलाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गरेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि शनिबार हुने भेलाको तयारी गर्ने छ ।

    बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरु लगायत सहभागी छन् ।

    टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्ने देउवालाई थप दबाब बढाउन भेला गर्न लागिएको एक नेताले बताए । भेलामा टिकटका प्रत्यक्ष तथा समानुपातिक तिर सिफारिस परेका र आकांक्षीहरु पनि सहभागी हुने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend