logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • अन्तराष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको साइकल ¥याली

    अन्तराष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको साइकल ¥याली

    1.8K
    Shares

    काठमाडौं । नेपाल स्काउटले अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल ¥याली गरेको छ । शनिवार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रम सहित साइकल ¥याली गरेको हो ।

    काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको ¥याली वसन्तपुरमा गएर टुंगिएको थियो । ¥याली तारकेश्वर नगरपालिकाबाट सुरु भइ वसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको आायेजनामा भएको साइकल ¥यालीमा विभिन्न स्थानबाट गरी १ हजार भन्दा बढीले सहभागीता जनाएका थिए ।

    साइकल ¥याली सकिएपछि वसन्तपुरमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा स्काउटले काम गरिरहेको बताए । उनले कुनैपनि बालबालिकामाथि हुने हिंसा र अन्य हिंसात्मक गतिविधि नहोस् भन्नका लागि स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्तिपूर्ण र सचेतनामुलक कार्यक्रमको आयोजना गरेको बताए । उनले नेपाल शान्तिप्रिय बुद्धभूमि भएकाले पनि सबै नेपालीले शान्तिको लागि आह्वान गर्नुपर्ने बताए ।

    त्यस्तै नेपाल स्काउट तारकेश्वर नगरपालिकाका उपसंयोजक पूर्णप्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा शान्तिपूर्ण कार्यक्रम गरेर शान्तित्वको स्थापना गर्नुपर्ने सन्देश दिएको बताए । उनका अनुसार साइकल ¥यालीमा करिव १ हजार जनाले सहभागिता जनाएका छन् । ¥याली तारकेश्वर नगरपालिकाबाट सुरु भइ वसन्तपुरमा पुगेर सकिएको थियो ।

    साइकल ¥यालीमा भक्तपुर, पाटन, तारकेश्वर, टोखा लगायत काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाहरुबाट शान्तिको सन्देशका लागि आम नागरिकहरुको सहभागीता रहेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend