logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट

    आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट

    2.5K
    Shares

    काठमाडौं । आइएमई पे र सोर्स कोड प्रा.लीवीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट दिने सम्झौता भएको छ । आइएमई पे का प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि.एम.एसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेन्ट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५% छुट पाउने बताएका छन् ।

    डिस्काउण्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।

    नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसीमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

    यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सर्वसाधारणलाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ । स्मार्ट वेल्थ प्रो शेयर बजार विश्लेषन गर्ने र आफ्नो शेयर पोर्टफोलिओ व्यवस्थापन गर्ने सफ्टवेयर हो । स्मार्ट वेल्थ प्रो सबै लगनिकर्ताहरुको लागि एकदम नै उपयोगी हुन्छ । लगनिकर्ताहरुले शेयर बजारका सबै जानकारी यहाँ पाउन सक्नेछन् ।

    लगानीकर्ताहरुले यस सफ्टवेयर मार्फत नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै कम्पनीहरुको आधारभुत तथा प्राविधिक विश्लेषण गरेर लगानी गर्नको लागि सबैभन्दा उपयुक्त प्लान रोज्न सक्नेछन् । स्मार्ट वेल्थ प्रो ले हरेक साता एउटा न्युजलेटर निकाल्ने गर्छ जस्मा साता भरीको नेप्सेको विश्लेषण गरिन्छ । साथै कुनै पनि कम्पनीको आधारभुत तथा प्राविधिक विश्लेषन पनि गरिएको हुन्छ । स्मार्ट वेल्थ प्रो ले बेलाबेलामा शेयर तालिम पनि दिने गर्दछ । नयाँ लगानीकर्ताहरु लाई शेयर बजारमा कसरी लगानी गर्ने, कुन शेयर किन्ने, कसरी आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने भनेर सिकाउने गर्छ । यस्तो तालिममा स्मार्ट वेल्थ प्रो का ग्राहकहरुलाई विशेष छूट पनि दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend