काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानी को रत्राज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् । सिंहले जनस्तरमा अनुभुत हुने गरि काम गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
विरामीले सिटामोल सम्म भनेको समय मा पाईदैन भन्ने गुनासो रहेकाले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका छन् । स्थानीय सरकार लाई पनि गम्भीरता का साथ लाग्न समेत आग्रह गरेका छन् ।
फरक प्रसँगमा नेता सिंहले मुलुकमा संकटको निकास का लागि कांग्रेसले अवसर पाउँदा जिम्मेवारी बहन गरेको भन्दै अहिले को आम चुनाव मा कांग्रेस लाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थिरता आउने समेत बताए ।
अवसर पाउँदा कस्ले कुन दलले के गरेको छ त्यसको लेखाजोखा जन्ताले गर्नु पर्ने समेत उनको भनाई छ । अहिले संघियता का बारे मा समेत प्रस्न उठेकाले कांग्रेसले अवर पाए जनतालाई अनुभुत हुने गरि काम गरेर देखाउने समेत बताउदै गुड गभरमेन्ट भ्रष्टाचार मुक्त शासन प्रणाली कांग्रेस को प्राथमिकतामा रहेको समेत बताए ।