logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुर महानगरका स्मार्ट लाईट बल्न थाले

    भरतपुर महानगरका स्मार्ट लाईट बल्न थाले

    5.1K
    Shares

    भरतपुर । भरतपुर महानगरपालिकामा जडान भएका स्मार्ट लाईट बल्न थालेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गरेकी छन् । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको छ । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा यो कार्यको थालनी गरिएको थियो । भरतपुर–२५ बाटै स्मार्ट लाईट जडानको कार्य सुरु गरिएको थियो ।

    महानगर प्रमुख दाहालले महानगरलाई सुन्दर, शान्त, स्वच्छ, समृद्ध र उज्यालो शहर बनाउने उद्देश्यले स्मार्ट लाईट जडान गरिएको बताईन् । दोस्रो चरणमा १५० किमीमा स्मार्ट लाईट जडानको तयारी गरिएको मेयर दाहालको भनाई छ । दोस्रो चरणको स्मार्ट लाईट जडान हुदाँ भरतपुरका सबै मुख्य सडकमा स्मार्ट लाईट जडान हुने उनले बताईन् ।

    महानगरपालिकाले दशैअघि स्मार्ट लाईट बाल्ने गरी कामलाई अगाडि बढाउन विषेश पहल गरेको थियो । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले स्मार्ट लाईटको नियन्त्रण सफ्टवेयरबाट गर्न सकिने भएपनि संकेतिक रुपमा स्वीच थिचेर उद्घाटन गरिएको जानकारी दिए ।

    लाईट गाढा उज्यालो र मधुरो बनाउन, लाईट बाल्न र बन्द गर्न मोबाईलबाटै सकिनेछ । लाईटको मर्मत सफ्टवेयरबाटै गर्न सकिने भएकाले मर्मत गर्न लाईट बन्दै गर्दै हिड्न नपर्ने उल्लेख गर्नुभयो । अहिलेका सडक बत्तीहरु कर्मचारीबाट फिल्डमै गएर बाल्ने र बन्द गर्नुपर्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend