logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • चलचित्र बोर्डले विज्ञप्ति निकालेर भन्यो-प्रेमगीत ३ ले नेपाली फिल्मलाई अन्तराष्ट्रिय बजार विस्तार गर्न सघायो

    चलचित्र बोर्डले विज्ञप्ति निकालेर भन्यो-प्रेमगीत ३ ले नेपाली फिल्मलाई अन्तराष्ट्रिय बजार विस्तार गर्न सघायो

    3.3K
    Shares

    काठमाडौं । चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ विवादमा पहिलोपटक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । प्रक्रियागत ढिलासुस्ती गरेर हिन्दी संस्करण रिलिजमा अवरोध गरेको भन्ने निर्माताको आरोपको पनि बोर्डले खण्डन गरेको छ ।

    अध्यक्ष भुवन केसीद्वारा जारी प्रेस वक्तव्यमा ६ वटा प्रष्टीकरण उल्लेख छ, जहाँ ‘प्रेमगीत ३’ निर्माण कम्पनी आशुसेन फिल्म्सको कर चुक्तादेखि आइतबार गरिएको सेन्सर सिफारिससम्म चर्चा गरिएको छ । ‘असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसमा स्पष्ट पार्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    ‘प्रेमगीत ३’ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा यस बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको बोर्डले उल्लेख गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend