बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

समानुपातिकको सुची सहमतिबाटै तयार पारिएको हो, शेखर पक्षले अनावश्यक विरोध गर्यो : कांग्रेस प्रवक्ता महत

समानुपातिकको सुची सहमतिबाटै तयार पारिएको हो, शेखर पक्षले अनावश्यक विरोध गर्यो : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा.शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा.महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको समेत दाबी गरे । कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको भन्दै उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको बताए ।

‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’ उनले भने ।

शेखर समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उनले यो उपयुक्त नभएको बताएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend