logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारी कम्पनीले पनि दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री थाल्यो

    सरकारी कम्पनीले पनि दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री थाल्यो

    4.7K
    Shares

    काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ । बुधबार बिहान ९ बजेदेखि कम्पनको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्रा बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

    कम्पनीले जिउँदो च्यांग्राको प्रतिकिलो मूल्य १ हजार २६० र खसी बोकाको मूल्य ६८० रुपैयाँ प्रतिकिलो तोकेर त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको जनाएको छ । छुट पछि खसी र च्यांग्राको खुद्रा बिक्री मूल्य क्रमश ६७० रुपैयाँ र १ हजार २५० रुपैयाँ प्रतिकिलो हुने कम्पनीले जनाएको छ ।

    यसपटक ३ हजार वटा खसी बोका किन्ने लक्ष्य राखेपनि त्यसलाई अहिले करिब २ हजार ४ सय वटा खरिदको प्रक्रिया पूरा भएको र आवश्यक परे थप खरिद गर्ने कम्पनीले जनाएको छ । यस पटक दार्चुलाबाट २०६ वटा च्यांग्रा ल्याइएको कम्पनीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend