logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मिश्रलाई राप्रपामा प्रवेश गराएपछि खुशी हुँदै लिङ्देनले भने-चुनावपछि राप्रपा पहिलो पार्टी बन्छ

    मिश्रलाई राप्रपामा प्रवेश गराएपछि खुशी हुँदै लिङ्देनले भने-चुनावपछि राप्रपा पहिलो पार्टी बन्छ

    3.5K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दाबी गरे ।

    ‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ। विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दाबी गरे ।

    राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेता कार्यकर्तामा हिन मानसिकता देखिएको पनि लिङ्देनले बताए । हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ’ उनले भने ।

    लिङ्देनले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरेका छन् । उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने बताएका छन् । ४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend