logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शेखर पक्षको चियापान कार्यक्रम  : धर्नामा नगएका पनि चियापानमा देखिए

    शेखर पक्षको चियापान कार्यक्रम  : धर्नामा नगएका पनि चियापानमा देखिए

    3.3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चियापान कार्यक्रमको आयोजना गरेको छ । बिहीवार काठमाडौंस्थित एक होटलमा कोईराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् ।

    कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु उपस्थित थिए । कोइराला पक्षले पार्टीको आन्तरिक एकता, समान अवसर र न्याय हुनुपर्ने माग राख्दै आएको छ । कोइराला पक्षधरले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा समानुपातिक तर्फको बन्दसूची आयोगलाई बुझाएको आरोप लगाउँदै समुचित न्याय हुनुपर्ने माग राख्दै आएको छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको थियो । पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आइरहेको छ । कोईराला पक्षले चियापान कार्यक्रमलाई पनि विरोधकै कार्यक्रमको रुपमा लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend