logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मुस्लिम आयोगले दियो दशैंको शुभकामना

    मुस्लिम आयोगले दियो दशैंको शुभकामना

    2.1K
    Shares

    काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु–मुस्लिमबीचको द्वन्द्व चर्काउने प्रयास भइरहेको बताएका छन् । बिहीवार मुस्लिम आयोगको केन्द्रिय कार्यलयमा नै एक कार्यक्रमको आयोजना गरी आयोगले नेपालीहरुको महान चाड बडा दशैँ एवं शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष अन्सारीले नेपालका केही जिल्लाहरुमा हिन्दु–मुस्लिमको सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पु¥याउने प्रयास भइरहेको भन्दै यसबाट बच्न जरुरी रहेको बताए । उनले हिन्दु–मुस्लिमबीच झगडा नभइ प्रतिगामी तत्वहरुले धार्मिक सहिष्णुतालाई खलल पु¥याउन अवाञ्छनीय गतिविधि गरिरहेको आरोप लगाए ।

    मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमले छुट्टै भिन्नता रहेको र यसले दुई धर्मबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा सहयोग पुग्ने उनको भनाई छ । अध्यक्ष अन्सारीले नेपाल बहुभाषि, बहुजाति र बहु सांस्कृतिक देश भएकाले सबैले मिलेर समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पूरा गर्नुपर्ने
    बताए ।

    आयोगले पहिलो पटक आयोगमा नै कार्यक्रम राखेर नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावलीको अवसरमा शुभकामना दिनु धार्मिक सहिष्णुताको उदाहरण भएको सहभागीहरुले बताए । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरुको उपस्थिति थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend