काठमाडौं । निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँड विवाद मिलाउन प्रयास हुने बताइएको छ।
आइतबारको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिट दिन खोजिएको भन्दै धेरै पेल्न खोजेमा बाहिरिने चेतावनी दिएका थिए। आइतबार सहमति नभएपछि आजका लागि बैठक तय भएको थियो। बैठकमा यादवले आफूहरूलाई १६ सिट मान्य नहुने भन्दै कम्तीमा २२ सिट चाहिने बताएका थिए।
गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई थोरै निर्वाचन क्षेत्र मान्य नहुने बताएका थिए। नेकपा एकीकृत समाजवादीले कम्तीमा २५ क्षेत्रमा दाबी गरेको थियो।