logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चालु आर्थिक वर्षमा नेपालमा डेङ्गुको कारण ४१ जनाको मृत्यु, ३१ हजार भन्दा धेरैमा संक्रमण

    चालु आर्थिक वर्षमा नेपालमा डेङ्गुको कारण ४१ जनाको मृत्यु, ३१ हजार भन्दा धेरैमा संक्रमण

    3.6K
    Shares

    काठमाडौं । डेङ्गुका कारण चालु आर्थिक वर्षमा नेपालमा ४१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    डेङ्गुका संक्रमितको संख्या ३१ हजार नाघेको छ । पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए ।

    बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको उनको भनाइ छ । डेङ्गुबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न चिकित्सकको सुझाव छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend