logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • राष्ट्रपति भण्डारीले नौं कन्याको पुजा सहित गरिन् नवदूर्गादेवीको पूजाआराधना

    राष्ट्रपति भण्डारीले नौं कन्याको पुजा सहित गरिन् नवदूर्गादेवीको पूजाआराधना

    2.4K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गरेकी हुन् । यसैक्रममा उनले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिएकी छन् ।

    कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्नु पनि आग्रह गरेकी थिईन् । सो अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गरेकी थिईन् ।

    कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरुसँग सामूहिक तस्वीर समेत खिचाएकी छन् । उनले गत वर्ष पनि बडा दशैंको महानवमीको दिन नौं जना कन्याहरुलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गरेकी थिईन् । भोली (बुधबार) बडा दशैंको दशौं दिन विजया दशमी पर्व मनाईदैछ । यस बर्ष बडा दशैंको टिकाको साईत बिहान ११ बजेर ५१ मिनेटमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend