logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • राष्ट्रपति भण्डारीले गुरुहरुको हातबाट लगाईन् दशैंको टीका

    राष्ट्रपति भण्डारीले गुरुहरुको हातबाट लगाईन् दशैंको टीका

    2.7K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको टीका ग्रहण लगाएकी छन् । राष्ट्रपति भण्डारीले बडा दशैंको विजया दशमीको दिन बुधबार राष्ट्रपति भवन शीतल निवासमा गुरुहरु देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैंको टीका ग्रहण गरेकी हुन् ।
    त्यसलगत्तै राष्ट्रपति भण्डारीले गुरुहरु अर्याल र ढकाललाई बडा दशैंको टीका लगाई दक्षिणा दिईन् । सो अवसरमा उनले छोरी ज्वाई, भाईबुहारीसहितका आफन्तहरु, आफ्ना निजी सचिवालय, राष्ट्रपति कार्यालयका कर्मचारीहरु र सुरक्षाकर्मीहरुलाई पनि बडादशैंको टीका लगाईदिईन् ।

    राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तित्वहरुलाई पनि बडा दशैंको टीका लगाईदिएकी छन् । ३ बजेपछि सर्वसाधारणले पनि राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend