logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा

    आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा

    1.7K
    Shares
    आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा

    काठमाडाैँ । माैसम विभागका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend