logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपा सत्ता गठबन्धन तोडेर एमालेसँग लचक

    जसपा सत्ता गठबन्धन तोडेर एमालेसँग लचक

    5.4K
    Shares

    काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
    जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् ।

    नेताहरुका अनुसार केही सिटमा सहमति भएको छैन । जस्तो, बारा २ मा दुबै दलको दाबी छ । एमालेले माओवादी छाडेर आएकी ज्वाला साहलाई चुनाव लडाउन चाहेको छ । तर त्यहाँ जसपाको पनि दाबी छ । अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव त्यहाँका निवर्तमान संसद हुन् र उनी फेरि चुनाव लड्न चाहन्छन् ।

    धनुषा २ मा पनि दुबै दलको दाबी छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर आएका उमाशंकर अरगरियालाई टिकट दिने बचन दिइसकेको छ ।
    तर जसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ । दुई दलबीच सहमति हुन नसकेको अर्को क्षेत्र हो, बाँके २ । एमालेले यहाँ राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर जसपाका मो. ईस्तियाक राई निवर्तमान सांसद र बहालवाला मन्त्री छन् ।

    जसपासँग वार्तामा संलग्न एमाले उपमहासचिव प्रदीप ज्ञवाली आफूहरु सहमति नजिक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend