logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चुनावी तालमेलबारे छलफल गर्न राप्रपालाई ओलीले बोलाए बालकोट

    चुनावी तालमेलबारे छलफल गर्न राप्रपालाई ओलीले बोलाए बालकोट

    2.3K
    Shares

    काठमाडौं । नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलबारे आज शुक्रबार शीर्ष नेताबीच छलफल हुने भएको छ । छलफलका लागि अध्यक्ष ओलीले दिउँसो १ बजे समय दिएको राप्रपाका नेताहरूले बताएका छन् ।

    राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले दिउँसो १ बजे वार्ताको समय मिलाएको र आफूहरू ओली निवास बालकोट जाने तयारीमा रहेको बताए । ‘आज १ बजे वार्ता हुँदैछ । त्यसका लागि अध्यक्षसहित हामी बालकोट जाँदैछौँ’, उपाध्यक्ष तामाङले भने, ‘कति सिट र कहाँ कहाँ तालमेल गर्ने भन्ने वार्तापछि टुङ्गो लाग्छ ।’

    एमालेले आजै जसपासँग पनि चुनावी तालमेलको लिखित सहमति गर्दैछ । ‘एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने पक्का छ । त्यसका लागि दुवै दलसँग आज सहमति गर्ने तयारी छ’, एमालेका एक शीर्ष नेताले भने, ‘जसपा र राप्रपाबाहेकका अन्य शक्तिहरूसँग पनि कुरा भइरहेको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend