logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विश्व बैंकको प्रक्षेपण : चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार 

    विश्व बैंकको प्रक्षेपण : चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार 

    4.1K
    Shares

    काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२ २३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो एशियाली विकास बैंकले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा केही बढी हो । एडीबीले भने ४.७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको छ । बजेटमार्फत यस आर्थिक वर्षमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

    विश्व बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्लेषण गरेको छ । यसले नेपालमा सार्वजनिक ऋणको स्तर स्थिर रहने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ । विदेशी मुद्राको सञ्चितीमा परेको दवाब समेत क्रमशः कम हुँदै जाने अनुमान छ । आगामी आर्थिक वर्षका लागि भने अर्थतन्त्र विस्तारको अनुमान ४.९ प्रतिशत मात्र गरिएको विश्व बैंकले जनाएको छ ।

    यस वर्ष दक्षिण एसियाली क्षेत्रको विस्तार औसतःमा ५.८ प्रतिशत रहने छ । यस भेगमा भारतले सेवा क्षेत्र र निर्यात व्यापारका कारण सकारात्मक वृद्धि गरिरहेको पाइएको छ । रुस युक्रेन युद्ध र यसले मूल्यमा परेको चापको प्रभाव भने कुनै न कुनै रुपमा सबैजसो मुलुकले भोग्नु परेको विश्व बैंकले उल्लेख गरेको छ । दक्षिण एसियामा सबैभन्दा संकटमा भने श्रीलंकाको अर्थतन्त्र छ । यो वर्ष सो मुलुकको अर्थतन्त्र ९.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यो सन् २०२३ मा ४.२ प्रतिशतले गिरावट आउने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend