काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका केही उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ । जसमध्ये कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बढवालको टिकट लगभग टुंगिएको छ ।
कैलाली ४ मा कृष्ण चौधरी वा विरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् । बैतडीको उम्मेदवार टुंगिएको छैन भने कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुनेछिन् । प्रदेशसभातर्फ बाजुरा प्रदेशसभा क मा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ख र अछाम २ क मा उम्मेदवारको टुंगो लाग्न बाँकी छ ।
बझाङ ख मा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीमा टुंगिएको छैन । कैलाली ३ को ख मा नन्दबहादुर साउदको प्रवल सम्भावना छ । कैलाली ५ को क मा रमेश धामी उम्मेदवार हुने भएका छन् ।
दार्चुला ख मा मानबहादुर धामी र डडेलधुरा क मा खगराज भट्ट उम्मेदवार हुने छन् । कञ्चनपुर १ क मा कांग्रेसले पनि दाबी गरेका कारण उम्मेदवार टुंगिएको छैन भने २ को क मा टेकेन्द्र भट्टले टिकट पाउने छन् । कैलाली ३ को क र ख दुबैमा माओवादीको दाबी छ, तर भागवण्डा टुंगिएको छैन ।