काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनको तर्फबाट सिन्धुलीमा श्याम घिमीरेले टिकट पाएका छन्।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका घिमिरेलाई गठबन्धनले सिन्धुली क्षेत्र नम्बर १ को टिकट दिने निर्णय गरेको हो।
दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा गठबन्धनको तर्फबाट क्षेत्र नम्बर एकमा कांग्रेसका घिमिरेले टिकट पाएका छन् भने क्षेत्र नम्बर दुईमा नेकपा माओबादी केन्द्रले राजन दाहाललाई उम्नेद्वार बनाएको छ।