logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • घनश्याम भुसाल रुपन्देही १ का ‘बाम स्वतन्त्र’ उम्मेदवार

    घनश्याम भुसाल रुपन्देही १ का ‘बाम स्वतन्त्र’ उम्मेदवार

    4.3K
    Shares

    बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट बाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आईतवार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन् ।

    नेता भुसालले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको पनि बताए । उनले आफूलाई नेकपा माओवादी केन्द्र ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भएपनि आफूले स्वतन्त्रबाट नै उम्मेदवारी दिन चाहेको बताए ।

    नेता भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको तर्फबाट कुनै उम्मेदवारी नदिई आफूलाई सघाउने प्रतिवद्धता जनाएको बताए । उनले आफू राजनीतिमा सक्रिय व्यक्ति भएकाले संसदबाटै राजनीतिमा प्रभावकारी भुमिका खेल्ने बताए ।

    नेता भुसालले वाम एकताको कुरा गरेकै कारण आफूलाई किनारा लगाइएको समेत दाबी गरे । उनले नीति अनुसारको नेतृत्व आएको भए नेकपा एमाले भ्रष्टाचार नगर्ने नेताहरूको पार्टी बन्ने र एमाले नेतृत्वको सरकार रोजगार दिने पार्टी हुने समेत दाबी गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend