logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • कांग्रेस र माओवादी केन्द्रबाट को–को भए भूसाल–रावल ?

    कांग्रेस र माओवादी केन्द्रबाट को–को भए भूसाल–रावल ?

    3.6K
    Shares
    कांग्रेस र माओवादी केन्द्रबाट को–को भए भूसाल–रावल ?

    काठमाडौं– ‘स्वर्णिम वाग्ले र मिनेन्द्र रिजाल माइनस हुँदा खास बाल भएन। माओवादीका सदाबहार पीडित लेखनाथ न्यौपाने बारेमा खास बाल भएन। घनश्याम र रावलको ओभर बाल भयो,’ सुनसरीका पत्रकार विराट अनुपमले लेखेका छन्, ‘किनभने ओली बिक्ने न्युजमेकर हुन् । बजारले बिक्ने न्युजमेकरै फलो हान्ने हो। फलो गर्ने नि कोही सफ्ट लाइन । कोहि हार्ड लाइन। सिम्पल छ।’

    एमालेमा पूर्वउपाध्यक्ष भीम रावल र पूर्वउपमहासचिव घनश्याम भूसाललाई टिकट नदिएको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब सिर्जना भइरहँदा विपक्षी गठबन्धनबारे त्यति टिप्पणी भएको छैन । तर, कांग्रेसमा पनि कतिपय लोकप्रिय र सिनियर नै टिकटबाट बञ्चित भएका छन् ।

    नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिन अस्वीकार गरेको छ । वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।

    चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिँदा वाग्ले पछि परेका छन् ।

    कांग्रेसबाट व्यापारिक पृष्ठभूमिका विनोद चौधरी, उमेश श्रेष्ठ लगायतले सजिलै टिकट पाउँदा विश्व पौडेल, मिनेन्द्र रिजाल पछि परेका छन् । रिजाल गएको चुनावमा मोरङ १ बाट निर्वाचित भएका थिए । शेखर कोइराला समूहबाट महामन्त्रीको चुनाव लडेर पराजित भएपछि उनले नैतिकताका आधारमा रक्षामन्त्री नै त्यागेका थिए ।

    कांग्रेसबाट गएको चुनावमा समानुपातिक सांसद भएर राम्रो पर्फमेन्स गरेका प्रकाश रसाइली स्नेही पनि टिकटबाट बञ्चित भएका छन् ।

    माओवादी केन्द्रबाट विद्यार्थी पृष्ठभूमिबाट आएका नेताहरु लेखनाथ न्यौपाने, हिमाल शर्मा, रञ्जीत तामाङ टिकट पाउनबाट बञ्चित भएका छन् । जनयुद्धकी नेत्र धर्मशीला चापागाईंको टिकट अन्तिम समयमा एमालेबाट केही दिनअघि प्रवेश गरेका हरि रानाले खोसिदिएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend