logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • काठमाडौं १० को भागमा परेका बादललाई मतदाताले ‘टुरिष्ट उम्मेदवार’ भनेपछि डराए, चुनाव नलड्ने

    काठमाडौं १० को भागमा परेका बादललाई मतदाताले ‘टुरिष्ट उम्मेदवार’ भनेपछि डराए, चुनाव नलड्ने

    3.4K
    Shares

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल निर्वाचनमा भाग नलिने भएका छन् । बादललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं क्षेत्र नम्बर १० बाट चुनाव लड्न आग्रह गरेका थिए । तर सो आग्रहलाई बादलले अस्वीकार गरेका हुन् । काठमाडौं १० का एमाले कार्यकर्ताले बादललाई ‘टुरिष्ट उम्मेदवार’ भन्दै विरोध गरेपछि बादल सो क्षेत्रमा चुनाव नलड्ने भएका हुन् ।

    ‘बादललाई टिकट दिने भनेपछि यहाँ काठमाडौं १० मा विरोध भयो,’ कीर्तिपुरका एक एमाले नेताले भने, ‘बाहिरका मान्छेलाई टिकट दिने भनेपछि विरोध हुने नै भयो ।’ स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटे । अहिले एमाले राजधानीमा उपलब्ध नेताहरु अर्को उम्मेदवारबारे छलफलमा छन् ।

    यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस भएको थियो । तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend