logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उम्मेदवारी दर्तापछि महेश बस्नेतले भने-कांग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी बन्छु

    उम्मेदवारी दर्तापछि महेश बस्नेतले भने-कांग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी बन्छु

    8.2K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् । भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
    बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले उम्मेदवारी दिए ।

    अघिल्लो निर्वाचनमा पनि विजयी बनेका बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध प्रतिस्पर्धामा छन् । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले राष्ट्रिय राजनीतीमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको बताए ।

    उनले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताए । उनले सांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने उद्देश्य रहेको समेत सुनाए ।

    नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए । उनले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend