logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • हुम्लामा पहिरोमा परि ४ जनाको मृत्यु, ५ घाइते

    हुम्लामा पहिरोमा परि ४ जनाको मृत्यु, ५ घाइते

    3.4K
    Shares

    काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर भत्किँदा चार जनाको मृत्यु भएको छ। मेल्डाम डुमबाडा बस्ने मनविर विकको घर माथिबाट आएको पहिरोले घर भत्काउँदा घरमा भएका ९ जनाको परिवारमध्ये चार जनाको मृत्यु भएको हो।

    कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुका ७ बजेतिर आएको पहिरोमा बिकको घर भत्किएको हो। मृत्यु हुनेमा ६० वर्षीया तुलसा कामी, ७ वर्षीया बालिका बसन्ता कामी, ९ वर्षीया बालिका सुस्मिता कामी र १२ वर्षीया बालिका हैजाली कामी छन्।

    सोही घरमा रहेका ३८ वर्षीय देउच्म कामी, ३६ वर्षीया औगाती कामी, १२ वर्षीया निरुता कामी, १४ वर्षीया मनिका कामी र ३ वर्षीय तपेन्द्र कामी घाइते भएका छन्। ३६ वर्षीया औगती कामीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा ७ जना प्रहरी खटिएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend