logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजारमा दोहोरो अंकको गिरावट, ९७ करोडको कारोबार

    शेयर बजारमा दोहोरो अंकको गिरावट, ९७ करोडको कारोबार

    2.4K
    Shares

    काठमाडौं । दशैंपछि आइतबार खुलेको सेयर बजारमा ४४ अङ्कमाथिको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन २७ अङ्कमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २७.१६ अङ्कले घट्दै १८७१.२२ अंकमा झरेको हो ।

    यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.३६ अङ्कले घट्दै ३६६.८४ अंकमा झर्न पुगेको छ । २७ अंकमाथिले घटेको बजारमा आज जम्मा ९७ करोड १७ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

    आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको २.६५ प्रतिशतले घटेको छ भने फाइनान्स र हाइड्रोपावर समूहको उपसूचक क्रमशः २.३९ प्रतिशत र २.१५ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक भने २ प्रतिशतभन्दा कमले घटेका छन् । म्युचुअल फण्ड समूहको उपसूचक भने ०.८४ प्रतिशतले बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend