logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • मलेसियाको संसद विघटन

    मलेसियाको संसद विघटन

    1.9K
    Shares
    मलेसियाको संसद विघटन

    क्वालालम्पुर। मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । मध्यावधी निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विाघन गरेका हुन् । निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको मिति घोषणा गरिने बताइएको छ । । नोभेम्बरमा निर्वाचन हुने अनुमान गरिएको छ । संसदको कार्यकाल अर्को वर्षको सेप्टेम्बरसम्म थियो । तर इस्माइलले संसद भंग गर्न र प्रारम्भिक चुनावमा बलियो जनादेश प्राप्त गर्न आफ्नो युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) पार्टी भित्रबाट तीव्र दबाबको सामना गर्नु परेको थियो ।

    टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै याकोबले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको जानकारी दिएका छन् ।  ‘हिजो मैले राजालाई भेटे । संसद विघटन गर्न मैले उनको अनुमति लिए । र, संसद विघटन गर्न राजा राजी हुनु भयो’, इस्लामीले एक टेलिभिजन सम्बोधनमा भने ।

    सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित घटनाक्रम भएका र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend