logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता विहीनलाई नागरिकता दिन गृहमन्त्रीले मागे गठबन्धनलाई मत

    नागरिकता विहीनलाई नागरिकता दिन गृहमन्त्रीले मागे गठबन्धनलाई मत

    3.3K
    Shares

    काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले नागरिकता विहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन पनि संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिर समेत गरे ।

    मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको बार्षिक साधारणसभामा बोल्दै उनले राष्ट्रपति विद्या भण्डारीले संविधान विपरित गएर नागरिकता विधेयक प्रमाणिकरण नगरेका कारण गैर आवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे ।

    गृहमन्त्री खाँणले राष्ट्रपतिको सो गैर संवैधानिक कामको विरोध गरेर नागरिकता विधेयक प्रमाणिकरणका लागि दवाव दिन पनि गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend