काठमाडौं । सत्तागठबन्धनबाट रूपन्देही २ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भएको छ।
गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।
सत्तागठबन्धनबाट उम्मेदवार रहेका गुरुङको उम्मेदवारी खारेजी सँगै एमालेका उपाध्यक्ष समेत रहेका रुपन्देहीमा एमालेको तर्फबाट उम्मेदवार विष्णु पौडेल विजय नजिक पुगेका छन् ।
मुख्य प्रतिद्धन्द्धी साथै स्वतन्त्र उम्मेदवारहरुको पनि उम्मेदवारी खारेज भएपछि पौडेल जीत नजिक पुगेका हुन् ।
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा कमल भुसाल (निकोलस) को उम्मेदवारी पनि खारेज भएको जनाएको हो ।