logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • घनश्याम भुसालको चुनाव चिह्न त्रिभुज

    घनश्याम भुसालको चुनाव चिह्न त्रिभुज

    3.7K
    Shares

    काठमाडौं । नेकपा एमाले परित्याग गरी रूपन्देही १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिन्ह पाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले बुधबार भुसाल लगायत स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो।

    भुसालले चुनाव चिन्ह किताब लिन चाहेका थिए। उम्मेदवारी दर्ताको दिन उनले किताब चिन्ह भए राम्रो हुने बताएका थिए। एमालेका पूर्वउपमहासचिव तथा नेता भुसालले रूपन्देही १ बाट प्रतिनिधि सभामा दाबी गरेका थिए। उनको सिफारिस भने उनी २०७४ मा विजयी भएको रूपन्देही ३ बाट भएको थियो। अन्तिममा पार्टील उनलाई कुनै पनि क्षेत्रबाट टिकट दिएन।

    एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रखर आलोचक रहेका भुसालले त्यसपछि पार्टीबाट राजीनामा दिएका थिए। अहिले उनी रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनले उक्त क्षेत्रमा कुनै पनि उम्मेदवार नउठाएर भुसाललाई समर्थन गरेको छ। सत्ता गठबन्धनको भागबन्डामा यो क्षेत्र माओवादी केन्द्रले पाएको थियो।

    त्रिभुज चिन्ह पाएपछि भुसाललाई त्यसलाई अर्थ्याएका छन्। त्रिभुजका तीन रेखाले लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको प्रतिनिधित्व गर्ने भन्दै उनले त्यसैलाई नारा बनाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend