बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मेलम्चीको पानी ल्याउन बल्ल काम सुरु

मेलम्चीको पानी ल्याउन बल्ल काम सुरु

काठमाडौँ, असोज २७ गते । मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताउनुभयो। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए।

कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘‘यस वर्षको बाढीले पु-याएको क्षतिबारे मूल्याङ्कन गर्न आयोजनाका इन्जिनियर, भूगर्भविद् तथा निर्माण व्यवसायीसहितको टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनका आधारमा अहिले सडक तथा पुल निर्माणको काम सुरु भइसकेको छ।” उहाँका अनुसार सडक र पुल तत्कालका लागि अस्थायी रूपमा नै निर्माण गर्नुपर्ने भएकाले छिट्टै नै काम सम्पन्न हुनेछ। यस वर्षको बाढीपहिरोले गत वर्ष जस्तो ठूल्ठुला ढुङ्गा तथा गेग्रान नल्याएकाले यसपालि पानी ल्याउन कठिन नहुने उहाँको भनाइ छ।

उहाँका अनुसार आयोजना स्थलसम्म पुग्न करिब दुई सडक र पाँचवटा पुलको निर्माण गर्नुपर्ने हुन्छ। यस वर्षको वर्षायाममा आएको बाढीपहिरोले ती सडक र पुलमा क्षति पु¥याएको थियो। श्रेष्ठले भन्नुभयो, “सडक र पुलमा क्षति पुगेका कारण स्थलगत अध्ययन टोली आयोजनाको मुहानसम्म  पुग्न नसके पनि ड्रोनको सहायताले त्यहाँको क्षतिबारे करिब–करिब यकिन भइसकेको छ। मुहान स्थलमा ठूलो क्षति पुगेको देखिएको छैन।”

बर्खा लाग्नुअघि नै आयोजनाको मुहान तथा पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएकाले मुहान तथा सुरुङमा क्षति नपुगेको उहाँले बताउनुभयो। पहुँच सडक र पुलबाहेक अरू संरचना निर्माण गर्नु नपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो। आयोजना कार्यालयले मुख्य गरी हेडवक्र्स तथा अम्बाथानस्थित ‘वाटर अडिट’को निर्माण गर्नेछ भने अन्य पहुँच सडक तथा पुलको निर्माण आयोजनाकै आर्थिक लगानीमा सम्बन्धित पालिकाले निर्माण गरिरहेको उहाँले बताउनुभयो। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend