काठमाडौं– २०६४ सालको संविधानसभामा एक जना तेस्रो लिंगी सांसद थिए– सुनिलबाबु पन्त । पन्त एमालेमा प्रवेश गरेका छन् । त्यसपछि संसदमा तेस्रो लिंगीको प्रतिनिधित्व भएको छैन ।
२०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभामा निर्वाचनमा प्रतिनिधि सभामा एक जनाले पनि प्रत्यक्षतर्फ उम्मेदवारी दिएनन् । प्रतिनिधि सभामा २ हजार १ सय ८७ पुरुष, २२५ महिला उम्मेदवार हुँदा तेस्रो लिंगीले उम्मेदवारी दिएनन् ।
प्रदेश सभामा २९४३ पुरुष, २८० महिला उम्मेदवार हुँदा एक जना मात्रै तेस्रो लिंगीले उम्मेदवारी दिएका छन् । सर्लाही क्षेत्र नम्बर २ (२)बाट एक जना तेस्रो लिंगीले उम्मेदवारी दिएका हुन् । नेपाल जनता पार्टीका ५८ वर्षीय महेन्द्र साह तेलीले समग्रमा तेस्रो लिंगीको प्रतिनिधित्व गरेका छन् ।