logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • भिम रावलले भने-ओली बहुमतले प्रधानमन्त्री हुँदा आधा बढी समय बालुवाटार र अस्पतालमा बिताउनुभयो

    भिम रावलले भने-ओली बहुमतले प्रधानमन्त्री हुँदा आधा बढी समय बालुवाटार र अस्पतालमा बिताउनुभयो

    3.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता रावलले अध्यक्ष ओली झण्डै दुई तिहाइको प्रधानमन्त्री भएका बेला आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताएको बताएका हुन् ।

    ‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेका बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झण्डै दुई तिहाइको प्रधानमन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसदमा र संसदीय समितीमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन ?’ उनले भने ।

    एमालेले नयाँ व्यक्तिलाई अवसर दिने हो भने ओली निकटका नेताहरुको हकमा यो व्यवस्था लागू नगरेको रावलले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend