logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • देशभरको मौसममा क्रमिक सुधार, पूर्वानुमान महाशाखा भन्छ– भारी वर्षाको सम्भावना छैन

    देशभरको मौसममा क्रमिक सुधार, पूर्वानुमान महाशाखा भन्छ– भारी वर्षाको सम्भावना छैन

    3K
    Shares
    देशभरको मौसममा क्रमिक सुधार, पूर्वानुमान महाशाखा भन्छ– भारी वर्षाको सम्भावना छैन

    काठमाडौं । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राती प्रदेश १ का एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend