logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • १ अमेरिकी डलर बराबर नेपाली १३२ रुपैयाँ

    १ अमेरिकी डलर बराबर नेपाली १३२ रुपैयाँ

    2.4K
    Shares

    काठमाडौं । अमेरिकी डलरको मूल्य पुनः बढेर नयाँ रेकर्ड बनाएको छ । १८ असोज शुक्रबार १ अमेरिकी डलरको विनिमय दर बिक्री मूल्य १३२ रुपैयाँ ६ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा पुगेको छ । २२ असोजको १ अमेरिकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ २ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४२ पैसा रहेको थियो । २५ असोजसम्म स्थिर रहेको डलरको मूल्य २६ र २७ असोजको लागि बिक्री दर १३२ रुपैयाँ १ पैसा र खरिददर १३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।

    अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ फेड ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ लगातार कमजोर बन्दै गएको छ ।
    भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा पनि हालसम्मकै कमजोर बनेको छ ।

    ९ असोज शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता लगातर बढ्दो क्रममा नै देखिएको छ । ९ असोज शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।

    अगामी दिनमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारतसहित विश्वभरी रहेको अमेरिकी लगानी पोर्टफोलियो अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको जानकारहरु बताउँछन् ।
    फेडल ब्याजदर बढाउँदा विशेष गरेर भारतमा रहेको अमेरिकी लगानी फिर्ता जाँदा भारु कमजोर बन्न पुगेको र जसले गर्दा नेपाली मुद्रा पनि कमजोर बनेको हो ।

    मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो । यसका साथै रुस युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको जानकारहरु बताउँछन् ।

    डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको अर्थविद्हरुको विश्लेषण छ । यसको साथै मुद्रास्फीति दाहोरो अंकमा पुग्ने विश्लेषण भइरहँदा डलरको मूल्यवृद्धिले मुद्रास्फितीमा थप चाप पर्ने पर्नेसक्ने अवस्था छ ।

    डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदेशीक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम पनि हुने अर्थविद्हरुको तर्क छ । यता रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने डलर महँगो हुँदा सकारात्मक प्रभाव पर्नेसक्ने जानकारहरु बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend