logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालबाट विदा भयो यो वर्षको मनसुन

    नेपालबाट विदा भयो यो वर्षको मनसुन

    4.6K
    Shares

    काठमाडौं । नेपालमा यो वर्षको मनसुन आजबाट विदा भएको छ । जेठ २२ गते अर्थात जुन ५ मा नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज असोज २९ गते अर्थात अक्टोबर १५ बाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र मधेस प्रदेशको पश्चिमी भू–भागबाट विदा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यी प्रदेशबाट औसत मितिभन्दा १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । नेपालको बाँकी भू–भागबाट भने मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ ।

    औसतमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ । मनसुन सकिन लाग्दा देशका धेरै स्थानमा भएको भारी र धेरै भारी वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend