logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • साताको शेयर बजार सकारात्मक, कारोबार रकम पनि सुधारियो

    साताको शेयर बजार सकारात्मक, कारोबार रकम पनि सुधारियो

    2.9K
    Shares

    काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्से १७ अंकले बढेर बन्द भएको छ । गतसाता १८ सय ५३ अंकमा बन्द भएको नेप्से यो साता ०.९१ प्रतिशतले बढेर १८ सय ७० अंकमा पुगेर बन्द भएको हो । नेप्से बढेसँगै बजार पूँजीकरण समेत बढेर २६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । यो साता ५ दिन नेप्से कारोबार भएको थियो । जसमध्ये आइतबार ८३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै, सोमबार ९७ करोड रुपैयाँको सेयर किनबेच हुँदा मंगलबार ५५ करोड र बुधबार ६९ करोडको तथा विहीबार ८२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

    ५ कारोबार दिनमध्ये सोमबार र मंगलबार भने बजार ओरालो लागेको थियो । लगानीकर्ताले नाफा बुक गर्दा ती दुई कारोबार दिनमा भने सेयर बजार ओरालो लागेको हो । यसबाहेक अन्य ३ कारोबार दिनमा नेप्से परिसूचक उच्च अंकले बढेको थियो ।

    यो साता व्यापार समूह बाहेक सबै समूह बढेका छन् । यो समूहमा ०.२६ अंकको गिरावट आएको छ । यसबाहेक, वित्त समूहमा ४.९६ प्रतिशतको सुधार आएको छ । यस्तै, विकास बैंक समूहमा ३.५५ प्रतिशत र लघुवित्त समूहमा १.०३ प्रतिशत सुधार आएको छ ।

    यसैगरी, यो साता अभियान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । साताभरमा यो कम्पनीको सेयर मूल्य ५२.२५ प्रतिशतले बढेको छ । यसैगरी, गोर्खाज फाइनान्सको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ। यो साता उक्त कम्पनीको सेयर मूल्यमा ७.१३ प्रतिशतले गिरावट आएको छ । यस्तै, अपर सोलु हाइड्रोको सेयर मूल्यमा ६.३२ प्रतिशतले गिरावट आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend