logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सत्ता गठबन्धनले सबै प्रदेशमा प्रदेशस्तरिय भेला गर्ने

    सत्ता गठबन्धनले सबै प्रदेशमा प्रदेशस्तरिय भेला गर्ने

    2.4K
    Shares

    काठमाडौं । सत्ता गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो ।

    कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको नेपाली कांग्रेसले समन्वय गर्ने छ ।

    ६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ ।यस्तै गठबन्धनको बैठकले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको ४ दलका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend