
काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति इजरायलले नेपालीहरूको राष्ट्रिय पर्वहरु बडा दशैं, मोहनी नखस्, शुभ दिपावली (तिहार), नेपाल संवत् ११४३, न्हु दया भिन्तुना, बलिहाङ तंङनाम र छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्पन्न गरेको छ।
यहि अक्टुबर ७ तारिक अर्थात शुक्रवार तेलबीको नोकिया पार्क कार्यक्रम सम्पन्न भएको थियो । नेपाली जनसम्पर्क समितिका सभापति दिपिका भुषाल को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति निवर्तमान सभापति तथा महासमिति सदस्य खगेश्वर अधिकार, अथितिहरुमा पुर्व उपसभापति तथा महाधिबेशन प्रतिनिधि राजेन्द्र खनाल, निवर्तमान महामन्त्री तथा महाधिबेशन प्रतिनिधि सुर्य राना , सल्लाकार रुक्माया खनाल , ट्रेड युनियनका पुर्व कोषाध्यक्ष खगेन्द्र प्रसाद खरेल, कार्यसमिति सदस्य कमल चन्द्र धिताल ज्युहरुले राष्ट्र्िय पर्वको अवसरमा बोल्दै शुभकामना दिनु भएको थियो ।
नेपाली जनसम्पर्क समितिका प्रवक्ता राजेन्द्र उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा आसन ग्रहण राष्ट्रियगान र महामानव विशेश्वर प्रसाद कोइरालाको तस्बिरमा माल्यार्पणबाट शुभारम्भ गरिएको थियो । कार्यक्रममा समितिका सहमहामन्त्री सुमित्रा दवाडीले स्वागत मन्तव्य राखेका थिए ।
औपचारिक कार्यक्रमको समापनको क्रममा सभापति दिपिका भुसालले उपस्थित सबैलाई शुभकामना दिदै मंसीर ४ मा हुन गइरहेको प्रदेश र सॅघीय निर्वाचनमा सम्पुर्ण गठबन्धनका उमेद्रवारहरुलाई जिताउन आ(आफ्नो ठाउ बाट सबै जना लागि पर्न आग्रह गर्नु भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend