logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सत्यमोहन जोशीको दाहसंस्कार नगरिने, शरीर अध्ययनका लागि राखिने

    सत्यमोहन जोशीको दाहसंस्कार नगरिने, शरीर अध्ययनका लागि राखिने

    3.3K
    Shares

    काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ ।

    आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको थियो । शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने तर दाहसंस्कार नगरिने भएको हो ।

    जोशीले मृत्यु अघि नै शरीर दान गरेकाले उनको दाहसंस्कार नगरिने भएको हो ।

    जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने भएको छ ।

    जोशीले यसअघि आफनो शरीर किष्ट अस्पताललाई दान गरिसकेकाले परिवारका सदस्यले दाहसंस्कार नगर्न तयार भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend