logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सत्यमोहनलाई सम्झिदै राष्ट्रपतिले भनिन्-मुलुकले अभिभावक गुमायो

    सत्यमोहनलाई सम्झिदै राष्ट्रपतिले भनिन्-मुलुकले अभिभावक गुमायो

    1.7K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले पीडा भएको बताएकी छन् । जोशीको निधनसगैँ मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पनि उनले बताएकी छन् ।

    आईतबार एक ट्वीट गर्दै राष्ट्रपति भण्डारीले ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’ उल्लेख गरेकी छन् ।

    सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन् । ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend