logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तत्काल मुल्य समायोजन नगर्ने पक्षमा आयल निगम

    तत्काल मुल्य समायोजन नगर्ने पक्षमा आयल निगम

    2.1K
    Shares
    तत्काल मुल्य समायोजन नगर्ने पक्षमा आयल निगम

    काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले घाटा देखाउँदै मूल्य समायोजन गरेको छैन । यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ ।

    तर, सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन नहुने निगमले विज्ञप्तिमार्फत प्रष्ट्याएको छ । भारतीय आयल कर्पोरेसन आईओसीले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ।

    जसअनुसार निमगलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ नोक्सानी छ । तर, निगमलाई पेट्रोलमा १४ रुपैयाँ ५६ पैसा, मटितेलमा ३८ रुपैयाा ५८ पैसा र हवाइ इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा र अन्तराष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा प्रतिलिटरमा नाफा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend