logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • आचारसंहिता विपरीत त्रिविले करारमा कर्मचारी भर्ना थालेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    आचारसंहिता विपरीत त्रिविले करारमा कर्मचारी भर्ना थालेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    2.4K
    Shares
    आचारसंहिता विपरीत त्रिविले करारमा कर्मचारी भर्ना थालेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिता विपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएको हो ।

    निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

    स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमितरूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुने बाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पन आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन ? भन्ने प्रश्न गरिएको छ । होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ ? भनी आयोगले स्पष्टीकरण सोधेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend