logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तिहारमा बढ्यो सुनको कारोबार,कसरी पूर्ति हुन्छ माग ?

    तिहारमा बढ्यो सुनको कारोबार,कसरी पूर्ति हुन्छ माग ?

    4.5K
    Shares

    काठमाडौं । विश्वव्यापी महामारीकारूपमा फैलिएको कोभिड–१९ का कारण सुस्ताएको सुनचाँदी बजार तिहारमा मौलाउने भएको छ । कोरोना र त्यसपछि सृजित आर्थिक समस्याका कारणले यतिबेला सुनचाँदी बजारमा खासै चहलपहल छैन । तर, दसैँपछिको ठुलो चाड तिहारको ४,५ दिनमा भने यसको व्यापार ह्वात्तै बढ्ने भएको हो ।

    सुनचाँदी व्यवसायीहरूका अनुसार तिहारको समयमा सामान्य दिनभन्दा दोब्बरले सुनचाँदीको व्यापार बढ्छ । हाल दैनिक मुस्किलले देशभर १५ किलोग्राम सुन खपत भइरहेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । तर, तिहारको समयमा भने यसको खपत दोब्बरले बढेर दैनिक ३० किलोग्रामसम्म पुग्ने उनको भनाइ छ । यद्यपि, यो गत वर्षको तुलनामा भने औसतमा दैनिक १० किलोग्राम कम हो ।

    सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले हाल बजारमा दैनिक १५ किलोसम्म सुन खपत भइरहेको जानकारी दिए । ‘तिहारको समयमा ४,५ दिन दैनिक ३० किलोसम्म सुन खपत हुन्छ ।’ उनले भने । यो सामान्य अवधिमा खपत हुने सुनभन्दा बढी हो ।

    खासगरी, तिहारमा सर्वसाधारणले लक्ष्मी पूजा गर्ने गर्छन् । लक्ष्मी पूजाको दिन घरमा नयाँ धातु भित्र्याएमा वर्षभरि धन आर्जन हुने जनविश्वास छ । यसैगरी, धनतेरसको दिन समेत बाहिरबाट घरमा बहुमूल्य धातु लगेर राखेमा वर्षभरि ४ गुणा बढी धनआर्जन हुने विश्वास छ । यही विश्वाससहित सर्वसाधारणले धनवन्तरी जयन्तीको दिन अर्थात् कात्तिक त्रयोदशीका दिन र लक्ष्मी पूजाका दिन सुन, चाँदी, हिरा, मणि र अद्य बहुमूल्य धातुसहितका वस्तु किन्छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend