काठमाडौं । कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ।
दुई वर्षपछि हुने दशौं संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने भएको हो।
बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो।
बैठकमा एघारौं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजना गर्नका लागि पनि प्रस्ताव गरीएको छ ।
मधेश प्रदेशसँगै सुदूरपश्चिम, बागमती प्रदेशले पनि एघारौं आयोजना गर्न दाबी गरेका छन्।
बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन हुँदैछ। समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ।