logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आकासियो डलरको भाउ, १ डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा कायम

    आकासियो डलरको भाउ, १ डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा कायम

    1.6K
    Shares
    आकासियो डलरको भाउ, १ डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा कायम

    काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

    खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च विन्दु हो । यसअघि बुधबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा कायम भएको थियो । यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको थियो । बुधबारको तुलनामा बिहीबार डलरको भाउ १ रुपैयाँ ०६ पैसाले बढेको हो । त्यस्तै, आज युरोको बिक्रीदर १३० रुपैयाँ २४ पैसा छ भने खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ ।

    पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend